
पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा आज मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्दै छन् । दिउँसो साढे २ बजे पोखरा रंगशालामा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।
जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १-० ले पराजित गरेको थियो भने मनाङमर्स्याङ्दी बाइ पाउँदै सीधै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
आहारारा पोखरा गोल्डकपको इतिहासमा हालसम्म एक पटकमात्रै मनाङमर्स्याङ्दी र जावलाखेलको भेट भएको छ । २०६८ सालमा पहिलो पटक सहभागी भएको जावलाखेल आफ्नो पहिलो खेलमै फाइनलसम्म पुगेर सनसनी मच्चाएको थियो ।
तर, फाइनलमा मनाङमर्स्याङ्दी बाधक बन्यो । मनाङमर्स्याङ्दीले जावलाखेललाई २-० ले उपाधि जित्नबाट रोकेको थियो । जावलाखेलले हालसम्म उपाधिविहीन छ भने मनाङमर्स्याङ्दी आहारारा पोखरा गोल्डकपको सर्वाधिक विजेतासहित अनुभवी टिममध्ये एक हो । हालसम्म मनाङ ६ पटक विजेता र ५ पटक उपविजेता बनिसकेको छ ।
आहारारा पोखरा गोल्डकपको पहिलो संस्करण क्याराभान कपबाटै सहभागी भइरहेको मनाङले हालसम्म २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा उपाधि जितेको छ । पछिल्लो समय २०औँ आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको मनाङ मर्स्याङ्दी विभागीय टोली एपीएफसँग पराजित भएको थियो ।
पोखरा मनाङमर्स्याङ्दीको राम्रो समर्थक भएको ठाउँ पनि हो । पोहोर ए डिभिजन लिगमा मनाङमर्स्याङ्दीले पोखरालाई आफ्नो होम ग्राउन्डसमेत घोषणा गरेको थियो । आहाराराको क्वार्टरफाइनलमा मनाङमर्स्याङ्दी निशान लिम्बुको कप्तानीमा मैदान प्रवेश गर्नेछ ।
यता, जावलाखेलमा राष्ट्रिय टिमका हिसुब थपलिया, छिरिङ लामा छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेका सुदीप गुरुङ र डेब्यु गर्न बाँकी गोल रक्षक अनिश देउलाले गोल पोस्टको रक्षा गर्दैछन् । मछिन्द्रलाई प्रिक्वार्टरफाइनलबाटै फिर्ता पठाउन हिसुबले निर्णायक गोल गरेका थिए ।
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...