
काठमाडौं । नेपाली चलचित्र ‘टुल्की’ले प्रदर्शन अनुमति पाएको छ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा खिचिएको चलचित्र ‘टुल्की’ हिमाली क्षेत्रमा जरा गाडेको प्रचलित बहुपति प्रथामा आधारित छ । चलचित्रले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।
‘द पाल्म ग्रुप प्रालि’ को ब्यानरमा निर्माण गरिएको चलचित्रमा हिमाली जिल्लाको ब्राम्हण बस्तीमा जन्मेकी युवतीले प्रेमविवाह गरेर माथिल्लो डोल्पामा जाँदा संस्कारका नाममा भोग्नुपरेको कहालीलाग्दो पीडालाई उजागर गरेको निर्माता शेखर लामा र आरपी कर्माचायले बताए ।
हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई समेटेर बनाएको चलचित्र केन्द्रीय चलचित्र जाँच समितिका पदाधिकारीहरुल हेरेपछि प्रमाणपत्र प्रदान गरेको पनि उनले जानकारी दिए ।
निर्माता लामाका अनुसार करिब चार वर्षको अध्ययनपछि चलचित्र निर्माण गरिएको हो । चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने निर्देशन तथा छायाँङ्कन देवजङ्ग थापाको रहेको छ ।
चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको जानकारी निर्माण टिमले दिएको छ ।
चलचित्रलाई विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपाल तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गरिने निर्माण पक्षले बताइएको छ ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...