
नयाँ विकल्प,
काठमाडौं – नायक अनमोल केसीद्धारा अभिनित फिल्म ‘एक्स ९’ को सुटिङ फेरि पछि धकेलिएको छ । फेब्रुअरीको अन्त्यबाट छायाङ्कन हुने भनिएको फिल्मको सुटिङ कोरोनाको तेस्रो लहरका कारण सारिएको निर्देशक मुकुन्द भट्टले जानकारी दिए । यसअगाडि पनि फिल्मको सुटिङ पटक–पटक सर्दै आएको छ । यस अगाडि पनि फिल्मको सुटिङ पटक–पटक सर्दै आएको थियो । अनमोलका अलवा फिल्ममा सौगात मल्ल, पुष्प खड्का, राज कट्वाल पनि मुख्य भूमिकाका लागि छानिएका छन् । बलिउड अभिनेता सुनिल सेट्टीको पनि यसमा अभिनय रहने चर्चा छ ।‘एक्स ९’ स्थगित भएपछि अनमोल अब बुबा भुवन केसीको फिल्मको काममा जुट्ने भएका छन् । भुवनले आफ्नो होम प्रोडक्सनमा अनमोल लिएर फिल्म ‘पारस’ बनाउन लागेका हुन् । फिल्मको छायाङ्कन फागुनदेखि सुरु हुने बताइएको छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...