र्‍यापर आशिष राना ‘लाउरे’लाई ५० हजार धरौटीमा छुटे – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

र्‍यापर आशिष राना ‘लाउरे’लाई ५० हजार धरौटीमा छुटे

काठमाडौं । जिल्ला अदालत कास्कीले र्‍यापर आशिष राना ‘लाउरे’लाई ५० हजार धरौटीमा छाड्ने आदेश दिएको छ । रियालिटी सो हिलायन रोडिजको निर्णायक रहेका लाउरे गत पुष १४ मा लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले र्‍यापर लाउरेलाई अदालतले धरौटीमा रिहा गरेको र उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको बताए ।

जिल्ला अदालत कास्कीका न्यायधीस बाबुराम सुवेदीको इजलासले लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा पक्राउ परी लागूऔषधसम्बन्धी मुद्दामा खेपिरहेका निज तीन जनालाई थुनामा राख्न आदेश दिएको एसपी थापाले बताए ।

यता प्रहरीले गत पुष १४मा र्‍यापर आशिष राना ‘लाउरे’सहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ फाल्गुन १०, १७: ३३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ फाल्गुन १०, १७: ३३

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७८ फाल्गुन १०, १७: ३३

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...