
काठमाडौं । तामाङ समुदायका सस्यालाई गीत मार्फत बाहिर ल्याउने तथा सबैको मन मुटुमा बस्न सफल चर्चित गायिका लक्ष्मि तामाङ सर्वोत्कृष्ट तामाङ सेलो अवार्डबाट सम्मानित भएकी छन् ।
राजधानीमा सम्पन्न दोस्रो नेशनल आर्ट, म्युजिक एन्ड कल्चर अवार्ड २०७८ मा तामाङको चाईना जुत्ता बोलको गीतबाट वेष्ट सेलो गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् ।
गायक रोशन फ्युवाद्वारा निर्देशित उक्त गीतमा फ्युवाकै शब्द संगीत रहेको छ । कलाकारहरु रोशन फ्युवा ,आरम्भ तामाङ, अस्मिता तामाङ र रोशनी तामाङको अभिनय रहेको यस गीतमामा तामाङहरुको मौलिक कला सस्कृति रनाचहरुलाई समाबेश गरिएको छ ।
तामाङ संस्कृतिलाई जगेर्ना गर्ने युग सुहाउँदो बिम्ब जोडेर श्रृङ्गारलाई भिडियोमा उतारिएको छ । मिठासपूर्ण शैली प्रस्तुत गरिएको गीत सबैको रोजाइमा परेको छ ।
नेपाली गीत संगीतको आकाशमा छाउन सफल र सक्रिय गायिका तामाङले अवार्ड हात पारेपछि आफुलाई थप हौसला मिलेको कैलाश खबरलाई बताइन् । अवार्ड पाइरहदा आफ्नो कर्मलाई अझ परिस्कृत गरेर यसलाई निरन्तरता दिन थप प्रेरणा मिल्दै गएको बताईन ।
गीत संगीतमा गरेको मेहनत र संघर्षको मुल्याङ्कन भएको हुँदा औधि खुसी भएकी तामाङ यो अवार्ड संघर्षकै रुप भएको बताउँछिन् । दर्शक स्रोताहरुको अगाध मायाले अझ मेहनत र संघर्ष गर्दै जाने उनको भनाइ छ ।
कार्यक्रमा दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधालाई समेटेर अवार्ड प्रदान गरिएको थियो ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...