पप क्षेत्रका बहुचर्चित गायक अस्ट्रेलियामा झुम्दै – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

पप क्षेत्रका बहुचर्चित गायक अस्ट्रेलियामा झुम्दै

काठमाडौं ।  अस्ट्रेलियामा बस्ने नेपालीको दशैं तिहार दमदार हुने भएको छ । नेपाली पप क्षेत्रका बहुचर्चित गायकहरूसङै अस्ट्रेलियामा बस्ने नेपालीहरूले उमंगकासाथ चाड मनाउने भएका हुन । नवीन के भट्टराई, सुगम पोखरेललगायत नेपाल आईडल ४ का प्रतियोगी आदेश पौडेल पनि साथमा रहने बताइएको छ ।

दशै तिहारका अवसरमा अस्ट्रेलियाका विभिन्न ठाउँमा आफ्नो साङितिक प्रस्तुती दिने भएकाले नेपालीहरूमा उत्साह थपिएको छ । भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतीमा नेप सिन्ड्नी इभेन्ट्सद्वारा आयोजना हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासल लगायत चर्चित ठाउँहरुमा प्रस्तुति रहने छ ।

अस्ट्रेलियामा साङितिक प्रस्तुती दिने कुराको जानकारी दिन पाउँदा गायक नवीन के भट्टराईले आफू उत्साहित भएको बताए । यो बर्षको ठूलो चाड संगीतमय हुने मा आशावादी भएको गायक सुगम पोखरेलले बताए ।

आफ्नो पहिलो साङितिक यात्रा दाईहरु संगै गर्न पाउँदा आफू निकै भाग्यमानी भएको आदेशले बताए । सेप्टेम्बर २३ देखि अक्टोबर अन्तिम हप्तासम्म हुने कार्यक्रम नेपालीहरुका लागि खुशीको कुरा भएको बताए ।

सम्बन्धित समाचार

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७९ भाद्र १, ११: ००

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७९ भाद्र १, ११: ००

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...

सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
सुकुम्वासीको चेतावनी- उचित विकल्प नदिए पुरानै ठाउँमा छाप्राे हाल्छौं
  • २०७९ भाद्र १, ११: ००

काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका...