चितवन । पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा मंसिर २९ गते देखि पुस ३ गते सम्म फेष्टिवल हुने भएको हो ।
चलचित्रको माध्यमबाट सौराहाको पर्यटन विकास गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको हो । चित्रसारी पुल नजिक रहेको खालीचौरमा हुने छ ।
चलचित्र र पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले सरकारसंगको सहकार्यमा फेष्टिबल आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा फेष्टिबल संयोजक विमल पौडेलले बताए ।
पहिलो पटक फिल्म फेष्टिवल हुँदैछ । रत्ननगर नगरपालिका सहित व्यवसायीहरुले साथ दिएको फेष्टिवलमा नेपाल सहित ८ वटा देशका उत्कृष्ट फिल्महरुको प्रर्दशन र तथा अन्र्तक्रिया समेत गरिने छ ।
पाँच दिन सम्म चल्ने फेष्टिबलमा अन्य देशका फिल्म निर्माता, कलाकार र नेपालका फिल्म निर्माण र कलाकारहरुको बीचमा अनुभव आदानप्रदान समेत गरिने संयोजक पौडेलले बताए ।
फेष्टिवल सम्पन्न गर्न ८० लाख रुपैया लाग्ने अनुमान गरिएको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...