
नयाँ बिकल्प,
काठमाडौं– सवारी साधनको किर्ते कागजात बनाएर कारोबार गर्ने गिरोहलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छली गरी चोरी गरेर ल्याएको सवारी साधनका नक्कली सवारी दर्ता किताबसमेत बनाएर कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो ।
ग ३ च १४६२ र प्रदेश ३–०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहररु भन्सार छली काठमाडौं ल्याइ ती सवारी साधनको नक्कली सवारी दर्ता किताबलगायतका कागजात तयार गरी कारोबार गर्नेलाई प्रहरीले मंगलबार सार्वनिक गरेको हो ।
पक्राउपर्नेहरुमा लमजुङको सुन्दरबजार नगरपालिका ३ घर भइ काठमाडौंको सामाखुसी बस्ने कमलबाबु भट्टलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
यस्तै प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका ८ का अरुण खड्का र चाँगुनारायण २ का मधु सिलवाल,मोरङको बयरबन घर भइ काठमाडौंको शान्तिनगरमा बस्ने रेवती रमन निरौला रहेको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुबेर खापुङले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
काठमाडौं : सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त भएका छन् । न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको...
सर्लाही : मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने...