
नयाँ बिकल्प,
काठमाडौं – जातीय भेदभाव तथा छुवाछुत कसुरको आरोप लागेकी सरस्वती प्रधानले षड्यन्त्रमूलक तरिकाले फसाइएको भन्दै रुपा सुनार बिरुद्ध कारबाहीको माग गरेकी छिन् ।
बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिदैँ सञ्चारकर्मी रुपा सुनारमाथि आफुले कुनै प्रकारको जातिय विभेद तथा छुवाछुतको व्यवहार नगरेपनि आफुमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरी राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी हुन।
उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छिन् । असार १ गते सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै ३ दिन प्रधानलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
प्रधानले निषेधाज्ञाको समयमा पीसीआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रताविपरीत भएकाले कारबाही गरिनुपर्ने बताएकी छिन् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...