भासिएको कमला पुलबारे छानविन गर्न माग – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

भासिएको कमला पुलबारे छानविन गर्न माग

नयाँविकल्प


जनकपुरधाम – १० वर्ष लगाएर निर्माण गरिएको कमला पुल भासिएपछि सिरहामा आन्दोलन सुरु भएको छ । पुल भासिएको विषयमा छानविन गर, अविलम्ब पुल निर्माण गर, दोषीलाई कारबाही गरलगायतका नारा लेखेको प्लेकार्ड बोकेका युवाहरुले सिरहा सदरमुकाममा प्रदर्शन गरेका हुन् ।

सरकारको उदासिनताले ठेकेदारको चलाखीले गुणस्तरहीन काम गरेकाले पुल भासिएको उनीहरुको भनाइ छ । यसैबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भासिएको पुलको निरीक्षण गरेका छन् ।

सिरहा,धनुषा जोड्ने कमला पुल निर्माणको ठेक्का २०६८ पप्पु लुम्बिनी जेभीले पौने २५ करोडमा ठेक्का लिएको थियो । पछि पप्पुले काम छाडेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम सम्पन्न गरेको हो ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १८, २२: २९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार १८, २२: २९

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७८ असार १८, २२: २९

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...