अन्तरजातीय विवाह गरी जंगलमा लुकेर बसेका विश्वकर्मा र रावललाई प्रहरीले बोलायो – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

अन्तरजातीय विवाह गरी जंगलमा लुकेर बसेका विश्वकर्मा र रावललाई प्रहरीले बोलायो

नयाँ विकल्प,

कैलाली – कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेका एक जोडीलाई घर पुगेपछि युवतीका आफन्तले छुटाइदिएका छन् ।

असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका ४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल २१ दिनसम्म जंगल लुकेर बसेका थिए । तर जंगलबाट घर आउने वितिकै युवतीलाई आफन्तले छुटाएर लगेका हुन् ।

विवाह गरेर जंगलमै लुकेर बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपील गरेका थिए ।

असार १७ गते युवतीका आफन्तले घरबाट हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए । दुवै जनाको उमेर २० वर्ष भन्दा कम रहेको छ ।

युवायुवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कैलाली प्रहरीले समेत त्यसमा चासो लिएको छ । शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्रहरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ असार २५, २२: ५४

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ असार २५, २२: ५४

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ असार २५, २२: ५४

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...