विषाक्त रक्सी पिएर ४ जनाको ज्यान गएपछि डीएसपीको नेतृत्वमा अनुसन्धान समिति गठन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

विषाक्त रक्सी पिएर ४ जनाको ज्यान गएपछि डीएसपीको नेतृत्वमा अनुसन्धान समिति गठन

नयाँ विकल्प,

बाग्लुङ – बाग्लुङमा विषाक्त मदिरा पिएर चार जना मजदुरको ज्यान गएपछि घटनाको छानबिनका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी)इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ ।

सोमवार बेलुकी विषाक्त रक्सी पिएका ६ मध्ये चार जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेहरूमा गलकोट नगरपालिका ७ मल्ममा रहेको खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् ।

उनीहरूको उपचारका क्रममा ज्यान गएको बताइएको छ । त्यस्तै उनीहरूसँगै रक्सी पिएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको गण्डकी अस्पताल पोखरा उपचार भइरहेको छ ।

पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाल प्रहरीले पक्राउ गरेको छ। उनीहरुको अहिले सोधपुछ चलिरहेको र शव परीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने प्रहरी जनाएको छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ श्रावण ५, २३: ०५

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ श्रावण ५, २३: ०५

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...

माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
  • २०७८ श्रावण ५, २३: ०५

भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...