डिएसपी खतिवडा बने बागमती प्रदेशकै उत्कृष्ट प्रहरी – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

डिएसपी खतिवडा बने बागमती प्रदेशकै उत्कृष्ट प्रहरी

नयाँ विकल्प,

काठमाडौं – जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

डिएसपी खतिवडाले सम्पादन गरेका कामको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनलाई असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित गरेको हो ।

खतिवडाले केही समय अघि बनेपामा भएको दुर्घटनाका दोषीलाई एक महिनापछि पक्राउ गर्न सफल भएका थिए ।

दुर्घटनाका दोषी रामेछाप उमाकुण्ड गाउँपालिका १ का ४५ वर्षीय दोर्जे शेर्पालाई ना ४ च ४०६९ नम्बर माज्दा गाडीसहित खतिवडाले पक्राउ गरेका थिए ।

साथै कोरोना महामारी संक्रमणको अवस्थामा विभिन्न सरोकारवालासँग समन्वय गरेको भन्दै उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सम्मान गरेको हो ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण ६, २०: ०८

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण ६, २०: ०८

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ श्रावण ६, २०: ०८

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...