
नयाँ विकल्प,
चितवन- चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरस्थित खुल्ला चौर नजिकको नहरमा डुबेर सोही ठाँउमा बस्ने १६ बर्षका अंकित जोशी र १४ बर्षका विवेक शर्माको डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए । उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबेका थिए ।
डुबेको ठाउँबाट दुई सय मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि पठाइए पनि उनीहरुको उपचारको क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...