
काठमाडौं । ओखलढुंगामा तीर्थालु बोकेको जीप दुर्घटना भएको छ । एकादशी मेलामा सवार तीर्थालु बोकेको जीप च्यानमबाट चम्पादेवी ककनी जाँदैगर्दा आज बिहान सुनकोशी गाउँपालिका– ९ मा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी गोविन्दराज काफ्लेका अनुसार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको उनले बताए । उनका अनुसार तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएकाे हो ।
जिप दुर्घटनामा मृत्यु हुनेहरुमा ३५ वर्षीय मिठुमाया मगर, खगेन्द्र मगर र १६ वर्षीया तुलसा मगर रहेको प्रहरी जनाएको हो । दुर्घटनामा चार जनाको मृत्यु भएपनि एक जनाको सनाखत भई नसकेको बताइएको छ ।
ओखलढुंगा प्रहरी प्रमुख काफ्लेका अनुसार दुर्घटनामा करिव १२ जना घाइते भएका छन् । यसमध्ये गम्भीर घाइते चार जनालाई मुस्ताङ एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको हो ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...