राेल्पा बस दुर्घटना अपडेटः मृतकहरुको पहिचान खुल्यो – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

राेल्पा बस दुर्घटना अपडेटः मृतकहरुको पहिचान खुल्यो

रोल्पा । बिहिबार रोल्पामा भएको बस दर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ । दाङको घोराहीबाट थबाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका ६ बजेतिर माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङमा दुर्घटना भएको थियो । बस स्थानीय जलजला होटल नजिकै सडकबाट करिब १ सय फिट तल खसेको थियो ।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ का ४० वर्षीय वीरमान बुढामगर, परिवर्तन गाउँपालिका–६ का ५० वर्षीय कुमार पुनमगर, परिवर्तन गाउँपालिका–१ का २९ वर्षीय दीपक रोकामगर र त्रिवेणी गाउँपालिका–४ की १८ वर्षीया पुष्पा घर्तीमगर रहेका छन् । वीरमान बसका चालक र मालिक हुन ।

बिहिबारको बस दुर्घटनामा सुरुमा १७ जना मात्रै घाइते भएको ठहर प्रहरीले गरेको थियो । घाइतेहरुको खोजी गर्दा राति दुई जना फेला पारेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ५ जना मध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरु पाँचै जनालाई भैरहवास्थित मेडिकल कलेजमा थप उपचारको लागि र्र्र्र्पुयाइएको छ । ११ जनालाई रोल्पा अस्पतालमा उपचारपछि आजै डिस्चार्ज गर्ने बताइएको छ । अन्य तीन जनालाई सामान्य उपचारपछि घर पठाइएको छ ।

रोल्पा प्रहरीले सडक अत्यधिक साँधुरो र भत्किएकाले दुर्घटना भएको बताएको छ ।

सम्बन्धित समाचार

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन
  • २०७८ मंसिर ३, १२: ५८

काठमाडौं : सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक...

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता
  • २०७८ मंसिर ३, १२: ५८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा...

सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ मंसिर ३, १२: ५८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य, विश्वास र साझेदारी...