
नयाँ विकल्प,
काठमाडौं – प्रहरी प्रधान कार्यालयले ८० करोडभन्दा बढी मूल्यको पेस्तोल र भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढाएसँगै विभिन्न कोणबाट टिप्पणी सुरु भएको छ । कतिपयले प्रहरीका लागि आवश्यक हतियार खरिद गर्नु स्वाभाविक भएको बताइरहँदा कतिपयले चाहिँ देशको अर्थतन्त्र संकटमा परेको समयमा हतियार खरिद गर्नु अनावश्यक हुने बताएका छन् ।
इटालियन कम्पनीको बेरेटा पेस्तोल एक हजार थान सहितका हातहतियार र गोलीगठ्ठा खरिद प्रक्रियाका लागि राष्ट्र बैंकमार्फत एलसी (बैंक ग्यारेन्टी) खोल्ने चरणमा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोडभन्दा बढी बजेट रकमान्तर गरेको छ । प्रहरी प्रधान कार्यालयले इटालियन कम्पनीको बेरेटा पेस्तोल एक हजार थानका अतिरिक्त अश्रुग्याँस सेल २५ हजार थान, सटगन एक हजार १५० थान, रबर गोली १० लाख थान र पेस्तोलको गोली ५ लाख थान खरिद गर्न लागेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।
भिड नियन्त्रणमा आवश्यक अश्रुग्याँस सेल, सटगन र रबर गोली सहितका हातहतियार खरिद गर्न प्रहरी प्रधान कार्यालयले ६ वटा सप्लायर्स कम्पनीसँग सम्झौता गरेको छ ।
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...