कोरोनाभाइरस सङ्क्रमणबाट एक जनाको मृत्यु – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

कोरोनाभाइरस सङ्क्रमणबाट एक जनाको मृत्यु

नयाँ विकल्प,

काठमाडौं – नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण बढेसँगै लामो समयपछि नेपालमा कसैले ज्यान गुमाएका हुन् । नेपालमा हालसम्म ११ हजार ९५३ जनाको कोभिड–१९ बाट मृत्यु भइसकेको छ । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा ४३ जना रहेका छन् । त्यस्तै सिरहामा ११ तथा कास्कीमा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११४ तथा एन्टिजेन विधिबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४३९ पुगेको छ । काठमाडौैँ जिल्लामा मात्र सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

सम्बन्धित समाचार

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण १, १६: ५४

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण १, १६: ५४

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १, १६: ५४

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...