३२ जना एसएसपीलाई दज्र्यानी चिन्ह प्रदान – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

३२ जना एसएसपीलाई दज्र्यानी चिन्ह प्रदान


नयाँ विकल्प,

काठमाडौं-नेपाल प्रहरीमा भर्खरै बढुवा भएका ३२ जना एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रशासन तर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई आइजीपी धीरजप्रताप सिंहले बुधवार फुली लगाइदिएका हुन् । बढुवा समितिको सिफारिसअनुसार गृहमन्त्री बालकृष्ण खाणले मंगलबार गणेश चन्दसहित ३२ जनलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेका थिए । बढुवा हुनेहरुमा सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्बेदी, दानबहादुर कार्की, डा।मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की र राजेन्द्रप्रसाद भट्ट छन् ।
त्यस्तै, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दिपेन्द्र घर्ती क्षेत्री जि.सी, दिपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शन प्रसाद कोइराला, दिपककुमार बस्नेत र जयराज सापकोटा छन् । सुरेन्द्रवहादुर गुरुङ, सञ्जीव शर्मादास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरीसहित ३२ जना एसपीबाट एसएसपीमा बढुवा भएका थिए । आईजीपी सिंहले सूचना प्रविधि तर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.अरुणकुमार भण्डारी, स्वास्थ्य तर्फका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा।सुरज राना, डा।दीपा न्हुच्छे प्रधान तथा डा.अमिनकुमार श्रेष्ठ र सवारी तर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई.दिनेश केसीलाई पनि फुली लगाइदिएका छन् ।
सुशोभन समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्री वृद्धिमा लाग्नुपर्ने बताए ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ श्रावण ४, २२: २७

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण ४, २२: २७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ श्रावण ४, २२: २७

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...