त्रिभुवन राजपथबाट काठमाडौंतर्फ चल्ने रात्रिबस सञ्चालनमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

त्रिभुवन राजपथबाट काठमाडौंतर्फ चल्ने रात्रिबस सञ्चालनमा

नयाँ विकल्प,

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथबाट काठमाडौंतर्फ रात्रिबस चल्नमा रोक लगाएको छ ।

त्रिभुवन राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौंडामा नै प्रतीक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्व र पश्चिमबाट दिवा सेवामा आएका बसलाई आवश्यकता हेरी करिब ३५ बस त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जान अनुमति दिएको हो ।

धादिङको नौबिसे प्रहरीले काठमाडौंबाट मंगलबार बिहान पूर्व र पश्चिमतर्फ जान छुटेका बसलाई त्रिभुवन राजपथबाट यातायात सञ्चालनमा आउन निषेध गरिएको र काठमाडौंबाट आएको मिनी ट्रक, ट्रक, पालुङबाट हेटौंडा आउने सवारी साधनलाई मात्रै सञ्चालनमा ल्याउन अनुमति दिएको हो ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण १७, २२: २०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ श्रावण १७, २२: २०

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७९ श्रावण १७, २२: २०

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...