
नयाँ विकल्प,
सुनसरी – कोशीको बाढी बस्तीमा पसेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाका पाँच सय घर परिवारका २ हजार ५ सय जना श्रीलंका टापुमा फसेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले श्रीलंका टापुमा फसेकाहरुको उद्दाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली सक्रिय रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी यादवले त्यस क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने प्रयास भइरहेको बताए । कतिपयले भने आफूहरु सुरक्षित नै रहेको भनेर त्यहाँबाट आउन नमानेको प्रजिअ यादवले बताए ।
यसैबीच कटान गरिएको क्षेत्रमा प्रदेश नम्बर १ का आन्तरिक मामिलामन्त्री केदार कार्की सहितको टोलीले निरीक्षण गरेको छ । मन्त्री कार्की सहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ यादवले बताए ।
पीडितलाई आवश्यक राहतको प्याकेज लगायतका विषयमा छलफल गर्न विपद व्यवस्थापनको बैठक पनि बस्ने उनले बताए ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...
काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...