
नयाँ विकल्प,
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ‘एआईजी’ विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्। पोखरेलले ५६ वर्षे उमेर हदका कारण शुक्रबारदेखि अवकाश पाएका हुन्।
अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्।
गत वैशाख १८ गते मन्त्रिपरिषद्ले सिंहलाई प्रहरीको नयाँ महानिरीक्षक बनाउने निर्णय गरेपछि पोखरेल असन्तुष्ट बनेका थिए। उनी पनि महानिरीक्षकका दाबेदार थिए। उक्त निर्णयपछि पोखरेलले तत्कालीन महानिरीक्षक शैलेस थापासँग एक महिनाको विदा स्वीकृत गराएका थिए।
विदा लिएर पोखरेलले मन्त्रिपरिषदको निर्णयविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। एक महिनाको विदा सकिएपछि उनले विदा थप्न निवेदन दिएका थिए तर आईजीपी सिंहले उनको विदा स्वीकृत गरेका थिएनन्। सर्वोच्चले असार ३१ गते पोखरेलको रिट खारेज गरिदिएको थियो। त्यसपछि उनले राजीनामा दिएका थिए।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...