नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको आदेश – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको आदेश

नयाँ विकल्प,

काठमाडौं – नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल हटाउन नपर्ने भएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन हिजो मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रले शाह नर्भिक अस्पताल पुगेका थिए।

महानगरले अस्पताललाई सोमबार २४ घण्टाको समय दिएर सार्वजनिक जग्गामा बनेको संरचना हटाउन भनेको थियो। त्यसको विरुद्धमा अस्पतालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

सोही रिटमाथि बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको हो ।

एकल इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि अस्पतालको संरचना तत्काल नहटाउन भनेको हो।
अर्को सुनुवाइ आगामी सोमबार हुनेछ। सर्वोच्चले उक्त दिन छलफलका लागि महानगर र अस्पताल दुवै पक्षलाई बोलाएको छ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७९ श्रावण २५, २०: २६

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७९ श्रावण २५, २०: २६

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७९ श्रावण २५, २०: २६

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...