अल्पसङ्ख्यकहरूको गाईजात्रा महोत्सव – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

अल्पसङ्ख्यकहरूको गाईजात्रा महोत्सव

नयाँ विकल्प,

काठमाडौं – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले शुक्रबार गाईजात्रा महोत्सव मनाएका छन्।

काठमाडौंको ठमेलबाट सुरु भएको गौरवको यात्रा (प्राइड परेड) टुँडिखेलमा पुगेर कन्सर्टमा परिणत भएको थियो। कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए।

सन् २००३ देखि हरेक वर्ष मनाउने गरिएको गाईजात्रा महोत्सव गत वर्ष कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मनाइएको थियो।

घर परिवारमा खुल्न नसकेका समुदायका व्यक्तिले गाईजात्रा महोत्सवलाई खुलेर आउने पर्वको रूपमा समेत लिने गरेका छन्।

शुक्रबार काठमाडौँसहित देशका विभिन्न ठाउँमा गाईजात्रा महोत्सव मनाएको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको संस्था नील हिरा समाजले जनाएको छ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण २७, २०: ४१

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ श्रावण २७, २०: ४१

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७९ श्रावण २७, २०: ४१

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...