आमाको नामबाट प्राप्त हुने नागरिकतामा आमालाई नै केन्द्रमा राख्नु पर्छः राष्ट्रपति भण्डारी – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

आमाको नामबाट प्राप्त हुने नागरिकतामा आमालाई नै केन्द्रमा राख्नु पर्छः राष्ट्रपति भण्डारी

नयाँ विकल्प,

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा सन्देश पठाउँदै संविधानको लैङ्गिक समानता सम्बन्धी मार्गदर्शन बमोजिम आमाको नामबाट प्राप्त हुने नागरिकतामा आमालाई नै केन्द्रमा राखिने गरी पुनर्विचार हुनु सान्दर्भिक हुुने बताएकी छन्।

राष्ट्रपति भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचार गर्न आइतबार सन्देशसहित फिर्ता पठाएकी थिइन् । प्रस्तावित नागरिकता ऐनमा आमाले आफना सन्तानलाई नागरिकता दिलाउन बाबुका सम्बन्धमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस व्यवस्था प्रति संघीय संसदको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले प्रजननबारे आमाको गोपनीयता सन्तानको नागरिकता प्राप्त गर्ने क्रममा सन्तान र राज्यका निकायसामु ‘बाबुका बारेमा स्वघोषणा’बाट अभिलेखीकरण गरिदा महिलामाथि लामो समयदेखि हुँदै आएका विभेद अन्त्य गर्न भएका संघर्ष निस्फल हुन सक्ने बताएकी छन् ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७९ श्रावण ३०, १८: ४०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ श्रावण ३०, १८: ४०

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७९ श्रावण ३०, १८: ४०

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...