बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी प्रहरी नियन्त्रणमा – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भारतको हरियाना राज्य भिवानी जिल्ला चर्खिदादरी स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १२ भोटेबहाल बस्ने ४४ वर्षीय शशी शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा गत भदौ ७ गते २५ लाख रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले चन्द्रागिरी नगरपालिका सतुङ्गलबाट आज पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि बालाजु पठाईएको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७९ आश्विन २७, १७: १७

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७९ आश्विन २७, १७: १७

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७९ आश्विन २७, १७: १७

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...