नेपाली सेनाद्वारा बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

नेपाली सेनाद्वारा बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दार तथा राहत सामग्री ढुवानी

काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्दार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ ।

विगत केही दिनदेखि परेको अविरल बर्षाका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला,डोल्पा जिल्लाका विभिन्न स्थानहरुमा बाढीरपहिरो गई जनजीवन प्रभावित ईलाकाहरुमा नेपाली सेनाले खोज
तथा उद्दार, राहत सामग्री ढुवानी र वितरण कार्य संचालन गरिरहेको छ ।

जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाहरुका अति विकट स्थानहरु राजचुली, ताजकोट, सर्कीघाट,छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरुमा पहिरोका कारण फसेका ११ (एघार) जना व्यक्तिहरुको नेपाली सेनाको हवाई साधनमार्फत उद्दार गरिएको सेनाले जानकारी दिएको छ ।

उक्त स्थानहरु सडक सञ्‍जालबाट निकै विकट स्थानमा रहेको र सिमित मात्रामा रहेका कच्चि सडकहरु समेत पहिरोका कारण विभिन्न स्थानहरुमा अवरुद्ध भएको हुँदा नेपाली सेनाको हवाई साधनमार्फत १४,७३५ (चौध हजार
सात सय पैतीस( के.जी. राहत सामग्रीहरु उक्त स्थानहरुमा ढुवानी गरी पहिरो प्रभावित नागरिकहरुलाई वितरण गर्नुका साथै नेपाली सेनाद्वारा विभिन्न स्थानहरुमा अवरुद्ध रहेका सडकहरु खुलाउने तथा नेपाली सेनाको हवाई
साधनद्वारा थप राहत सामग्रीहरु ढुवानी गर्ने कार्य भईरहेको सेनाले बताएको छ ।

सम्बन्धित समाचार

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७९ आश्विन २८, १५: ४१

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • २०७९ आश्विन २८, १५: ४१

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७९ आश्विन २८, १५: ४१

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...