सरकारको राज्यसत्ता कब्जाको नियतमा त्रिविवि पदाधिकारी – नेविसंघ – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

सरकारको राज्यसत्ता कब्जाको नियतमा त्रिविवि पदाधिकारी – नेविसंघ

नयाँ विकल्प,
काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वर्तमान कम्युनिष्ट सरकारको राज्य कब्जा कै नियत र मानसिकताबाट त्रिभुवन विश्वविद्यालयका पदाधिकारी गुज्रिएको भन्दै यस्तो निकम्मा पदाधिकारीबाट बिश्वबिद्यालय लाई जोगाउन हस्तक्षेपकारी भूमिमा लाग्न विद्यार्थीमा आव्हान गरेको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले शनिबार विज्ञप्ती जारी गर्दै शैक्षिक, प्राज्ञिक मर्यादित बताबरण निर्माणका लागि हस्तक्षपकारी भुमिका सहित बिश्वबिद्यालयको संरक्षण गर्न विद्यार्थीहरुमा अपिल गरेका हुन् ।

‘त्रिविविका पदाधिकारीको अर्कमणयताले बिद्यार्थीमा पारेको मानसिक पीडा कोरोनाको कहरभन्दा ठूलो छ । यसको जिम्मेवार कसले लिने ? यसर्थ विद्यार्थी प्रतिको जिम्मेवारी र दायित्व निर्बाह गर्न असमर्थ असक्षम पदाधिकारीले भरिएको त्रिविविको मौनता र अकर्मण्यता प्रति खेद प्रकट गर्दछौं’, महामन्त्री तिम्सिनाद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।

नेविसंघले संकटको हालको अबस्थालाई अबसरको रुपमा सदुपयोग गर्दै खोज,अध्ययन र अनुसन्धान मार्फत बिश्वका अन्य बिश्वबिद्यालय सरह नयाँ तथ्य पत्ता लगाउन र समस्याको निराकरणका उपाएहरु पत्ता लागाउनु पर्ने समयमा उल्टै बिद्यार्थीको भबिष्य अन्धकार बनाउने बाटोमा त्रिविबि लागेको आरोप लगाएको छ ।

त्रिविवि नेतृत्व भ्रष्टचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै नेविसंघले परिक्षाको लागि सूचना सम्प्रेषण गरे पनि कार्यान्वयन गनरेको, अनलाइन कक्षाको नाटक मञ्चन गर्दै दुई सय ५५ भन्दा बढी विद्यार्थी कक्षामा सामाबेश गर्न नसकेको आरोप नेविसंघले लगाएको छ ।

सेमेष्टर प्रणाली आन्तरिक मुल्यांकनमा आधारित भए पनि बैधानिकता दिन नसकेको, परिक्षाको निम्ति चार वटा उत्तम विकल्प भन्दै अघि सारे पनि मापदण्ड नबनाएकोले त्यसको विश्वसनियता र बैधता माथि नै प्रश्न उठाउने गरेको आरोप लगाएको छ ।

आफ्नो प्रमुख स्टेक होल्डर विद्यार्थीसँग वार्ता र सम्वादको ढोका बन्द गरेको दाबी नेविसंघले लगाएको छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ भाद्र १३, २०: ३७

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ भाद्र १३, २०: ३७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ भाद्र १३, २०: ३७

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...