पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुन पुगेको बताएका छन्। महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो स्पष्टीकरण दिएका हुन्।
“विपत्का कारण हाम्रा नियमित कार्यक्रमहरू प्रभावित भए। साथै, पार्टीभित्र सबै साथीहरूलाई एक ठाउँमा ल्याउने र बृहत्तर एकताको वातावरण बनाउने प्रयासमा लाग्दा केही कार्यतालिका तलमाथि हुन पुग्यो,” थापाले भने। उनले एकताको यो वातावरण निर्माणका लागि उपसभापतिलगायत विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले समेत सकारात्मक सहयोग गरेको उल्लेख गरे।

पार्टीको विधानअनुसार सदस्यता अद्यावधिक गर्ने कामलाई तीव्रता दिनुपर्ने भए पनि विशेष राजनीतिक परिस्थितिका कारण अद्यावधिक नगरेका सदस्यहरूलाई समेत समेट्नुपरेको थापाले बताए। अन्तिम समयसम्म सदस्यतासम्बन्धी राजनीतिक निर्णयहरू भइरहँदा विवाद न्यूनीकरणमा केही जटिलता आएको उनको भनाइ थियो। सबै सदस्यसँग ‘एनसी आईडी’ (NC ID) नम्बर भएको भए महाधिवेशनका कतिपय प्राविधिक झमेलाहरू बेलैमा टर्ने उनले स्पष्ट पारे।
करिब ७ हजार प्रतिनिधि सहभागी महाधिवेशनमा हल व्यवस्थापनको चुनौतीबारे बोल्दै थापाले काठमाडौँमा यति ठूलो संख्या अट्ने उपयुक्त स्थान अभावका कारण बन्दसत्र व्यवस्थापनमा केही समस्या आएको स्वीकार गरे। उनले बन्दसत्रका क्रममा प्रतिनिधिहरूलाई हुन गएको प्राविधिक असहजताप्रति क्षमासमेत मागेका छन्। महाधिवेशनको भव्य उद्घाटन भने काठमाडौँको खुलामञ्चमा गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
  • २०८३ आश्विन १९, १५: ०५

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...

केसी र  महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
केसी र महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
  • २०८३ आश्विन १९, १५: ०५

काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...

गगनको नेतृत्वमा यस्तो बन्यो नवनिर्वाचित कांग्रेस केन्द्रीय समिति
गगनको नेतृत्वमा यस्तो बन्यो नवनिर्वाचित कांग्रेस केन्द्रीय समिति
  • २०८३ आश्विन १९, १५: ०५

काठमाडौं : १५औं महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ। समावेशी कार्यसमिति बनाउने उद्देश्यले कांग्रेसले यस पटक विधानमै संशोधन...