सञ्चारजगत लोकतन्त्रको पहरेदारः राज्यमन्त्री बाँस्कोटा – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

सञ्चारजगत लोकतन्त्रको पहरेदारः राज्यमन्त्री बाँस्कोटा

नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पूर्ण कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । महासंघमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सञ्चार राज्यमन्त्री बाँस्कोटाले सञ्चारजगत लोकतन्त्रको पहरेदार रहेकाले प्रेस भन्दामाथि सरकार हुन नसक्ने बताए । उनले आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुसँग छलफल गरी अघि बढ्ने बताए ।

राज्यमन्त्री बाँस्कोटाले पत्रकारको न्यूनतम पारीश्रमिकलाई समयानुकुल बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रेस स्वतन्त्रता अक्षुण्ण रहने स्पष्ट पार्दै मर्यादाभित्र रहन पत्रकारिता क्षेत्रलाई आग्रह समेत गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न, समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न, पत्रकार महासंघको परिचयपत्रबाट सिंहदरबारमा पहुँच बढाइनुपर्ने बताए ।

त्यसैगरी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अझै पनि स्वनियन्त्रणको खतरा रहेको भन्दै त्यस्ता खालका नियम कानूनलाई परिमार्जन गर्नुपर्ने बताए । महासंघका उपाध्यक्ष विपुल पोख्र्रेलले समाचार लेखेकै कारण पत्रकारले अझैपनि धम्की तथा आक्रमण जस्ता घटनाको सामना गर्नुपरेको भन्दै त्यसतर्फ ध्यान दिन राज्यमन्त्री बाँस्कोटालाई आग्रह गरे ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७४ चैत्र १२, ०९: १६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि नै लाइनमा नबस्न आग्रह
कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि नै लाइनमा नबस्न आग्रह
  • २०७४ चैत्र १२, ०९: १६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १...

नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
  • २०७४ चैत्र १२, ०९: १६

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। निर्वाचन समितिले यसअघि बिहान ७...