
नयाँ बिकल्प,
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरस्वती प्रधानलाई गाडीमा लिफ्ट दिएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् ।
जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा मन्त्री श्रेष्ठको चौतर्फी आलोचना भएको थियो ।
प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ, आवेशमा आएर यस्तो काम नगर्नुहोस्,’ उनले भने, ‘जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ ।’
सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो ।
त्यसको तीन दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नो झण्डावाल गाडीमा लिफ्ट दिएर लगेका थिए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...