
नयाँ विकल्प,
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्यान खोज्नेलाई अब कुरेर नबस्ने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्ने माधव नेपाल पक्षलाई नपर्खिने बताएका हुन।
सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने ओलीको जिकिर थियो ।
। ‘ सच्चिन लागि हामीले समय दिएको छौँ,’ उनले भने, ‘त्यसमा पनि साथीहरु सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन, एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन ।’
विगतको प्रसङ्ग कोट्याउनुको अर्थ नरहेको भन्दै पार्टीमा रहेर पार्टीको पक्षमा बोल्नेहरु कार्यकर्ता हुने र पार्टीलाई ढाल्ने उद्देश्यमा संलग्न हुनेहरु कार्यकर्ता नहुने भएकाले भ्रममा बस्न आवश्यक नभएको अध्यक्ष ओलीले बताए ।
एक दुई जना नेताहरुलाई वार्ताका नाममा लगाएर एमाले सिध्याउने काम भइरहेको माधप समूहलाई आरोप लगाएका छन् ।
माधव नेपाल पक्षको सहभागिताबिनै नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठक सम्पन्नमा हो । अब १४ औं केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट बस्ने भएको छ ।
वरिष्ठ नेता नेपालले हस्ताक्षरकर्ता सांसदहरुसँग शनिबारै छलफल गरेका थिए । उनले हस्ताक्षर फिर्ता लिनु आत्महत्यासरह हुने भन्दै केपी ओलीसँग मिल्न नसकिने बताइसकेका छन् ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...