मधेशको लागि हितैषी काँग्रेस : मन्त्री यादव – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

मधेशको लागि हितैषी काँग्रेस : मन्त्री यादव

धनुषा । खानेपानी तथा सरसफाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेसबाहेक अरु कोही मधेशको हितैषी हुन नसक्ने भन्दै काँग्रेसलाइ नै विजयी गराउन आग्रह गर्नुभएको छ ।

धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहुनभएका मन्त्री यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने पार्टीले चुनाव जित्यो भने विनाशको शुरुवात हुने बताउनुभयो ।

उहाँले राष्ट्रवादको नौटंकी प्रदर्शन गरिरहेको नेकपा ९एमाले० विभिन्न भूगोल र समुदायका जनतालाई एक–आपसमा लडाएर आनन्द लिन खोजिरहेको आरोप लगाउदै त्यस्तो भ्रमबाट मुक्तहुन आग्रह गर्नुभयो ।

एमाले, फोरमलगायत पार्टीबाट काँग्रेसमा प्रवेश गरेका दर्जनौँं कार्यकर्ताको स्वागतमा आयोजित सभामा मन्त्री यादवले आजैदेखि पार्टीमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

मन्त्री यादवले – “तपाईहरुको क्षमता र योग्यताको पार्टीले मूल्यांकन गर्नेछ, गरिबीमा मात्र कम्युनिष्ट पार्टी फस्टाउने हुँदा उनीहरु जनतालाई गरिब नै बनाउन चाहन्छन्, नेता धनी बन्ने, जनता र कार्यकर्ता गरिब बनाउने पार्टीको नेपालमा मात्र होइन विश्वमै भविष्य छैन ।”

संविधान संशोधनमार्पmत मधेशलाई अधिकार सम्पन्न बनाउन पनि एमाले नै बाधक बनेको मन्त्री यादवको भनाई थियो । कार्यक्रममा प्रदेशसभा ‘ख’ का उम्मेदवार वासुलाल महतोले यस क्षेत्रको विकासका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

सम्बन्धित समाचार

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७४ मंसिर ५, ०९: ४९

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
  • २०७४ मंसिर ५, ०९: ४९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...

गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधिसभामा विपक्षीको विरोध
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधिसभामा विपक्षीको विरोध
  • २०७४ मंसिर ५, ०९: ४९

काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...