मधेशको लागि हितैषी काँग्रेस : मन्त्री यादव – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

मधेशको लागि हितैषी काँग्रेस : मन्त्री यादव

धनुषा । खानेपानी तथा सरसफाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेसबाहेक अरु कोही मधेशको हितैषी हुन नसक्ने भन्दै काँग्रेसलाइ नै विजयी गराउन आग्रह गर्नुभएको छ ।

धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहुनभएका मन्त्री यादवले देशको विविधतालाई सम्मान गर्न नसक्ने पार्टीले चुनाव जित्यो भने विनाशको शुरुवात हुने बताउनुभयो ।

उहाँले राष्ट्रवादको नौटंकी प्रदर्शन गरिरहेको नेकपा ९एमाले० विभिन्न भूगोल र समुदायका जनतालाई एक–आपसमा लडाएर आनन्द लिन खोजिरहेको आरोप लगाउदै त्यस्तो भ्रमबाट मुक्तहुन आग्रह गर्नुभयो ।

एमाले, फोरमलगायत पार्टीबाट काँग्रेसमा प्रवेश गरेका दर्जनौँं कार्यकर्ताको स्वागतमा आयोजित सभामा मन्त्री यादवले आजैदेखि पार्टीमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

मन्त्री यादवले – “तपाईहरुको क्षमता र योग्यताको पार्टीले मूल्यांकन गर्नेछ, गरिबीमा मात्र कम्युनिष्ट पार्टी फस्टाउने हुँदा उनीहरु जनतालाई गरिब नै बनाउन चाहन्छन्, नेता धनी बन्ने, जनता र कार्यकर्ता गरिब बनाउने पार्टीको नेपालमा मात्र होइन विश्वमै भविष्य छैन ।”

संविधान संशोधनमार्पmत मधेशलाई अधिकार सम्पन्न बनाउन पनि एमाले नै बाधक बनेको मन्त्री यादवको भनाई थियो । कार्यक्रममा प्रदेशसभा ‘ख’ का उम्मेदवार वासुलाल महतोले यस क्षेत्रको विकासका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७४ मंसिर ५, ०९: ४९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७४ मंसिर ५, ०९: ४९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज पद तथा गोपनीयताको शपथ र पदबहाली गर्ने
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज पद तथा गोपनीयताको शपथ र पदबहाली गर्ने
  • २०७४ मंसिर ५, ०९: ४९

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण र पदबहाली गर्दैछन्।...