फिदिमः आसन्न १० गतेको निर्वाचन सुरक्षालाई कडाइ गरिएको भन्दै प्रत्येक मतदातालाई निर्धक्क भएर मतदान गर्न पाँचथर जिल्ला प्रहरीले आह्वान गरेको छ ।
जनताले सुरक्षाको प्रत्याभूति पाउने गरी सुरक्षाको व्यवस्था गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक वामदेव गौतमले “प्रत्येक मतदान केन्द्रमा केन्द्रीय सुरक्षा योजनाअनुसार सुरक्षा टोली खटाइएको छ ।”
कर्मचारी, मतपत्र, मतपेटिका सुरक्षा टोली सम्बन्धित पठाइएको बताउँदै अहिलेसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिए पनि हुन सक्ने खतरालाई त्यसको समाधान गर्न सुरक्षा संयन्त्र तयार रहेको बताउनुभयो ।
हालसम्म पाँचथर प्रहरीले नियमित गतिविधिमा अवरोध गर्नेलाई नियन्त्रणमा लिएको नायब उपरीक्षक गौतमले अहिलेसम्म १४ जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाइएको जानकारी दिनुभयो ।
प्रत्येक गाउँमा सुरक्षा टोली पुगेको भन्दै उहाँले निर्वाचनका लागि ७१९ नेपाल प्रहरी, ४१९ सशस्त्र प्रहरी र ८६२ म्यादी प्रहरी खटाइएको जानकारी दिनुभयो ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १...
काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। निर्वाचन समितिले यसअघि बिहान ७...