सुरक्षा व्यवस्था कडाः पाँचथर प्रहरी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सुरक्षा व्यवस्था कडाः पाँचथर प्रहरी

फिदिमः आसन्न १० गतेको निर्वाचन सुरक्षालाई कडाइ गरिएको भन्दै प्रत्येक मतदातालाई निर्धक्क भएर मतदान गर्न पाँचथर जिल्ला प्रहरीले आह्वान गरेको छ ।
जनताले सुरक्षाको प्रत्याभूति पाउने गरी सुरक्षाको व्यवस्था गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक वामदेव गौतमले “प्रत्येक मतदान केन्द्रमा केन्द्रीय सुरक्षा योजनाअनुसार सुरक्षा टोली खटाइएको छ ।”
कर्मचारी, मतपत्र, मतपेटिका सुरक्षा टोली सम्बन्धित पठाइएको बताउँदै अहिलेसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिए पनि हुन सक्ने खतरालाई त्यसको समाधान गर्न सुरक्षा संयन्त्र तयार रहेको बताउनुभयो ।

हालसम्म पाँचथर प्रहरीले नियमित गतिविधिमा अवरोध गर्नेलाई नियन्त्रणमा लिएको नायब उपरीक्षक गौतमले अहिलेसम्म १४ जनालाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाइएको जानकारी दिनुभयो ।

प्रत्येक गाउँमा सुरक्षा टोली पुगेको भन्दै उहाँले निर्वाचनका लागि ७१९ नेपाल प्रहरी, ४१९ सशस्त्र प्रहरी र ८६२ म्यादी प्रहरी खटाइएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७४ मंसिर ७, ०९: ३७

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७४ मंसिर ७, ०९: ३७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...

रास्वपा उपसभापतिमा सोबिता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोबिता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचित
  • २०७४ मंसिर ७, ०९: ३७

काठमाडौं : रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम...