११ दिनसम्म कसरी होला मतपेटिकाको सुरक्षा ? – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

११ दिनसम्म कसरी होला मतपेटिकाको सुरक्षा ?

काठमाडौं । ३२ जिल्लामा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आइतबार साँझ ५ बजे मतदान सकिएको छ। निर्वाचन सम्पन्न भए पनि मतगणना भने आगामी २१ गतेपछि मात्र शुरु हुने निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचन आगामी २१ गते सम्पन्न भएपछि एकैचोटी मतगणना गर्ने आयोगले तयारी गरेको हो। निर्वाचन सम्पन्न भएदेखि ११ दिनसम्म मतपेटिकाको सुरक्षा दिनु निकै चुनौतिपूर्ण देखिन्छ। आयोगले ११ दिनसम्म कसरी मतपेटिकाको सुरक्षा गर्दैछ .
मतदान सकिएपछि मतदान अधिकृतले मतपेटिकाको मत खसाल्ने प्वाल बन्द गरी हरियो रङको सुरक्षण शील लगाउनेछन्। त्यसरी बन्द गर्दा उम्मेदवार र प्रतिनिधिको रोहवर मुचुल्का तयार गर्नेछन् र त्यसमा उम्मेदवार, प्रतिनिधि र उपस्थित अधिकारीको हस्ताक्षरसहितको सही छाप लिनेछन्।
प्रयोग नभएका, फिर्ता भएका र मतपेटिका बाहिर रहेका मतपत्रसहित सबै कागजात सुरक्षित गरी खामबन्दी गरेर त्यसमा पनि लाहाछाप लगाउने छन् र के कति कागजात रहेको भन्ने उल्लेख गरी अर्को मुचुल्का तयार पार्नेछन् ।
मतपेटिका बन्द गर्दाको मुचुल्का अनुरुप मतपेटिका सुरक्षासहित मतगणनास्थलमा पुर्याकइन्छ। प्रत्येक जिल्लाका मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन कार्यालयमा लगेर राखिने निर्वाचन आयोगका उपसचिव मुकुन्द शर्माले बताए। मुख्य निर्वाचन कार्यालयसम्म सुरक्षित रुपमा मतपत पु¥याउने जिम्मेवारी सुरक्षा निकायलाई दिएको छ।
मुख्य निर्वाचन कार्यालयमा रहने मतपत्रको सुरक्षाको जिम्मा ११ दिनसम्म सुरक्षा निकायले लिएको छ। क्याम्प नै खडा गरेर २४ सै घन्टा सुरक्षाकर्मी खटिने छन् । केही जिल्लामा मतपेटिकाको निगरानीको लागि सिसि क्यामरा समेत जडान गरिएको छ। राजनैतिक दल र प्रतिनिधिहरुको सहमतिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिने छ।

सम्बन्धित समाचार

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७४ मंसिर १०, ११: ३१

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
  • २०७४ मंसिर १०, ११: ३१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...

गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधिसभामा विपक्षीको विरोध
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधिसभामा विपक्षीको विरोध
  • २०७४ मंसिर १०, ११: ३१

काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...