काठमाडौं । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पूर्व कृषि तथा जलस्रोत समितिका सभापति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आयोजनाबाट कुनै अनुदान नलिएको जनाएको छ । प्याक्टले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दे सुनखानी एकीकृत कृषि केन्द्रले परियोजना सञ्चालनका नाममा अनुदान नलिएको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘एकीकृत कृषि केन्द्रको मिति २०७२ मंसिर २८ गते प्याक्टमा दर्ता भएको निवेदनमा सो कम्पनीका अध्यक्ष गगनकुमार थापाले कृषि तथा जलस्रोत समितिका सभापति समेत रहेको अवस्थामा स्वार्थ बाँझिने भन्दै परियोजनाबाट अनुदान अस्वीकार गरेको स्पष्ट पारेको छ ।’ समाचारमा नेपाल सरकार, कृषि विकास मन्त्रालयअन्तर्गतको यस आयोजनाको नाम जोडेर ‘स्वर मिलाइ हिसाब मागौँ– खै बाख्रा, खै, खै मासु पसल ?’ शीर्षकअन्तर्गत प्रकाशित समाचारमा आयोजनाले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । प्याक्ट नेपाल सरकारको कृषि आयोजना हो । उक्त आयोजना सञ्चालनका लागि सरकारलाई विश्व बैंकको सहयोग प्राप्त छ ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका युवा नेता थापाले मंगलबार सोही सन्दर्भलाई जोड्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘केही उच्छ्रश्रृखल व्यक्तिको बहकाउमा लागेर सत्यतथ्य नबुझी माध्यमले भ्रामक समाचार पकाशित गरेकोप्रति दुःख व्यक्त गर्दछु ।’
प्रतिनिधिसभा निर्वाचनको संघारमा आपूmलाई कमजोर पार्ने उद्देश्यले मेरो चरित्र हत्या गरी दूरासयपूर्ण रुपमा समाचार सम्प्रेषण गरेपनि आफूलाई असर नपर्ने र काठमाडौँका जनता भ्रामक समाचारबाट कहिलै नआतिने नेता थापाले बताए । यस अगाडि पनि पूर्व मेयर केशब स्थापितले गगन थापालाई सिध्याइ दिने भिज्युएल आफुसँग भएको भनेर हावादारी कुरा गरेका थिए ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...
काठमाडौं : रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम...