
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अगाडि बढाउनु वर्तमान सरकारको दायित्व रहेको बताएका छन् । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनमा सहभागि हुन मंगलबार जनकपुरधाम पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीसंगको कुराकानीमा अघिल्ला सरकारहरुको पाला अगाडि बदाइएका प्रक्रियाहरुलाई अगाडि बढाउनु वर्तमान सरकारको दायित्वभित्र पर्ने बताएका हुन् ।
सबै राजनैतिक दलहरुको राष्ट्रिय सहमति र सहाकार्यकै आधारमा अमेरिकी सहयोग परियोजना एमसीसी अगाडी बढाइने मन्त्री खाँणले बताए। एमसीसी परियोजनाबारे जनतामा केही भ्रम रहेको पनि बताए ।
उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेछ, यसबाहेक अरु कुनै उद्देश्य छैन ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी...