महानगर र उपमहानगरकाे भागवण्डा गठबन्धनकाे साेमबारकाे बैठकले टुंगाे लगाउँने – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

महानगर र उपमहानगरकाे भागवण्डा गठबन्धनकाे साेमबारकाे बैठकले टुंगाे लगाउँने

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेसंगै विभिन्न नगरपालिका, गाउँपालिकामा गठबन्धन गर्ने तयारीमा लागेपनि महानगरपालिका र उपमहानगरपालिकामा भागवण्डाको टुंगौ लागेको छैन ।

यसैअनुरुप आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउँन सोमबार पुनः बैठक बस्ने बताएका छन् । सोमबारको बैठकले नै भागवण्डाको अन्तिम टुंगो लगाएर निर्णयसमेत गर्ने बैठकमा सहभागि एक काँग्रेस नेताले बताए ।

चितवनको भरतपुर महानगरपालिका र पर्साको वीरगञ्ज उपमहानगरपालिकाको भागवण्डाका विषयमा गठबन्धनका दलहरुबीच पेचिलो बनिरहेको छ । यस्तै अवस्था सृजना हुने डरले गठबन्धनले केन्द्रबाटै महानगर र उपमहानगरको भागवण्डामा सहमति गर्ने निर्णय यसअघिनै गरिसकेको छ । गठबन्धन दलका शीर्ष नेताहरुले देशभरका स्थानीय तहहरुमा गठबन्धनको अवस्थाबारे बुझ्न यसअघि नै निर्वाचन तयारी तथा अनुगमन संयन्त्र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन गरिसकेको छ ।

सोमबारको बैठकले देशभरका सातै प्रदेशमा चुनावी तालमेलको वर्तमान अवस्थाबाट केन्द्रीय संयन्त्रले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने र सो बारे बैठकले निर्णय लिने बताइएको छ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
  • २०७९ बैशाख ४, १२: ४२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...

केसी र  महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
केसी र महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
  • २०७९ बैशाख ४, १२: ४२

काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...

गगनको नेतृत्वमा यस्तो बन्यो नवनिर्वाचित कांग्रेस केन्द्रीय समिति
गगनको नेतृत्वमा यस्तो बन्यो नवनिर्वाचित कांग्रेस केन्द्रीय समिति
  • २०७९ बैशाख ४, १२: ४२

काठमाडौं : १५औं महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ। समावेशी कार्यसमिति बनाउने उद्देश्यले कांग्रेसले यस पटक विधानमै संशोधन...