काठमाडौं महानगरमा गठबन्धनको आवश्यकता छैनः काँग्रेस महानगर कार्यसमिति – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

काठमाडौं महानगरमा गठबन्धनको आवश्यकता छैनः काँग्रेस महानगर कार्यसमिति

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिको बैठकले काठमाडौं महानगरमा चुनावी गठबन्धनको औचित्य नरहेको बताएको छ । आइतबार बसेको महानगर कार्यसमितिको बैठकले विगतको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको उपमेयर र १४ वडाहरुमा जितेको र अहिले जनताको मर्म र भावना अनुरुप महानगरपालिकामा नेपाली काँग्रेसले जित्ने दाबी गर्दै गठबन्धनको आवश्यकता नरहेको निर्णय गरेको बताइएको हो ।

बैठकमा अधिकांश नेता तथा कार्यकर्ताहले महानगरमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकालेर स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको विपक्षमा उभिएको महानगर कार्यसमिति सचिव सुशन वैद्यले बताए ।

सचिव वैद्यले समितिका अधिकाशं साथीहरुले महानगरमा सैद्धान्तिक रुपमा तालमेल गर्न नमिल्ने बताएको र बैठकमा सहभागि ३४ जना तालमेलको विपक्षमा उभिएको बताए । बैठकले महानगरमा आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी कार्यसमिति पदाधिकारीलाई दिएको समेत बताए ।

बैठकमा काठमाडौं महानगरको प्रमुख पद सहित ३२ वडामा अध्यक्ष जित्ने आधारका बारेमा विश्लेषणात्मक छलफल भएको र मेयर, उपमेयर र ३२ वटै वडाका अध्यक्ष अन्य दललाई छोड्न नहुने मत बलियो रहेकोले कार्यसमितिले गठबन्धनको कुनै आवश्यकता नरहेको बताए ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
  • २०७९ बैशाख ४, १४: ३६

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...

केसी र  महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
केसी र महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
  • २०७९ बैशाख ४, १४: ३६

काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...

गगनको नेतृत्वमा यस्तो बन्यो नवनिर्वाचित कांग्रेस केन्द्रीय समिति
गगनको नेतृत्वमा यस्तो बन्यो नवनिर्वाचित कांग्रेस केन्द्रीय समिति
  • २०७९ बैशाख ४, १४: ३६

काठमाडौं : १५औं महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ। समावेशी कार्यसमिति बनाउने उद्देश्यले कांग्रेसले यस पटक विधानमै संशोधन...