काठमाडौं महानगरमा गठबन्धनको आवश्यकता छैनः काँग्रेस महानगर कार्यसमिति – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

काठमाडौं महानगरमा गठबन्धनको आवश्यकता छैनः काँग्रेस महानगर कार्यसमिति

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिको बैठकले काठमाडौं महानगरमा चुनावी गठबन्धनको औचित्य नरहेको बताएको छ । आइतबार बसेको महानगर कार्यसमितिको बैठकले विगतको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको उपमेयर र १४ वडाहरुमा जितेको र अहिले जनताको मर्म र भावना अनुरुप महानगरपालिकामा नेपाली काँग्रेसले जित्ने दाबी गर्दै गठबन्धनको आवश्यकता नरहेको निर्णय गरेको बताइएको हो ।

बैठकमा अधिकांश नेता तथा कार्यकर्ताहले महानगरमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकालेर स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको विपक्षमा उभिएको महानगर कार्यसमिति सचिव सुशन वैद्यले बताए ।

सचिव वैद्यले समितिका अधिकाशं साथीहरुले महानगरमा सैद्धान्तिक रुपमा तालमेल गर्न नमिल्ने बताएको र बैठकमा सहभागि ३४ जना तालमेलको विपक्षमा उभिएको बताए । बैठकले महानगरमा आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी कार्यसमिति पदाधिकारीलाई दिएको समेत बताए ।

बैठकमा काठमाडौं महानगरको प्रमुख पद सहित ३२ वडामा अध्यक्ष जित्ने आधारका बारेमा विश्लेषणात्मक छलफल भएको र मेयर, उपमेयर र ३२ वटै वडाका अध्यक्ष अन्य दललाई छोड्न नहुने मत बलियो रहेकोले कार्यसमितिले गठबन्धनको कुनै आवश्यकता नरहेको बताए ।

सम्बन्धित समाचार

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ बैशाख ४, १४: ३६

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७९ बैशाख ४, १४: ३६

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
  • २०७९ बैशाख ४, १४: ३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...