
काठमाडौं । सभामुख अग्नी सापकोटाले संविधान अनुसारको दायित्व पुरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् । आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले आफुले गर्नुपर्ने दायित्य पुरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको गुनासो गरेका हुन् ।
सभामुखको काम कानून निर्माणमा नेतृत्व गर्ने, गुणस्तरिय कानून निर्मााणका साथै बनेका कानूनको संसदीय निगरानी गर्नु रहेको भएता पनि त्यसका लागी आवश्यक वातावरण बनाउने ठूलो कुरा रहेको सभामुख सापकोटाले बताए ।
उचित वातावरण बनाउनका लागि आफुले पहल गरेपनि बिभिन्न अप्ठ्यारा रहेको बताउँदै सभामुख सापकोटाले असन्तुष्टि पोख्नु र आलोचना हुनु स्वभाविक भएपनि मुख्य कुरा निकास दिने नै भएको धारणा राखे ।
नेपाल कार्टुनिष्ट क्लबले आयोजना गरेको प्रदर्शनी आर्ट काउन्सीलमा बैंशाख ६ गतेसम्म चल्नेछ । करिब तीन दर्जन कार्टुनिष्टहरुद्वारा पारिएका भ्रष्टाचारविरोधी काटुर्नहरु देशका सातै प्रदेशमा प्रदर्शन गर्ने क्लवले जनाएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...
काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...
काठमाडौं : १५औं महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ। समावेशी कार्यसमिति बनाउने उद्देश्यले कांग्रेसले यस पटक विधानमै संशोधन...