निर्वाचनका वेलामा अन्य काममा समय खेर नफालाैंः महामन्त्री थापा – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

निर्वाचनका वेलामा अन्य काममा समय खेर नफालाैंः महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेस महामन्त्री गगन कुमार थापाले स्थानीय तह निर्वाचनका बेलामा भाषण गर्ने कार्यक्रममा समय खेर नफाल्न सुझाव दिएका छन् ।

काठमाडौंको बुढानिकण्ठ नगरपालिका–२ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली काँग्रेसलाई स्थानीय तहदेखिनै मुलुकको नेतृत्व तहमै काँग्रेसलाई एक नम्बर पार्टी बनाउने गरी काम गर्ने बेलामा अन्य कार्यक्रममा समय खेर नफाल्न आग्रह गरेका हुन् । आफ्ना नेता कार्यकर्तालाई चुनावको समय अन्य काममा नभुल्न निर्देशन पनि महामन्त्री थापाले निर्देशन दिए ।

नेपाली काँग्रेसले स्थानीय स्तरमै औचित्य र आवश्यकता हरेर चुनाव ितालमेल गर्ने निर्णय गरेकाले स्थानीय तहमा आवश्यकता छ भने तालमेल गर्नुहोस होइन् भने एक्ला एक्लै लड्न सकिने ठाउँमा एक्लै लड्न सकिने थापाको भनाई छ ।

स्थानीय तहका तमाम नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको भावना र अवस्थाअनुसार गठबन्धन गर्ने नगर्ने निर्णय गर्न आग्रह गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचनमा केन्द्रबाट त्यस्तो कुनै हस्तक्षेप गर्न नहुने स्पष्ट पारे । चुनावमा एक्लै लड्ने किन कि तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटिको भएकाले निर्णयमा ढिलो नगर्न समेत निर्देशन दिए ।

कार्यक्रममा उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तह निर्वाचन नजिकिदै आएकाले सानोतिनो काममा नअल्झिएर काँग्रेसको नेतृत्वनै आउने गरी निर्वाचनमा केन्द्रीत हुन आग्रह गरे ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
  • २०७९ बैशाख ४, १७: ०४

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...

केसी र  महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
केसी र महतको नुवाकोटको राजनीतिलाई चिर्दै सामाजिक कार्यवाटै सर्वाधिक मत सहित काङ्ग्रेस केन्द्रीय नेतृत्वमा डाक्टर केसी
  • २०७९ बैशाख ४, १७: ०४

काठमाडौ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन/विश्र्वको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्यनी...

गगनको नेतृत्वमा यस्तो बन्यो नवनिर्वाचित कांग्रेस केन्द्रीय समिति
गगनको नेतृत्वमा यस्तो बन्यो नवनिर्वाचित कांग्रेस केन्द्रीय समिति
  • २०७९ बैशाख ४, १७: ०४

काठमाडौं : १५औं महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ। समावेशी कार्यसमिति बनाउने उद्देश्यले कांग्रेसले यस पटक विधानमै संशोधन...