नेकपा एकीकृत समाजवादी पार्टीद्वारा केन्द्रीय परिषद् समिति बैठक आवह्वान – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

नेकपा एकीकृत समाजवादी पार्टीद्वारा केन्द्रीय परिषद् समिति बैठक आवह्वान

नयाँ विकल्प,

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद् समिति बैठक बोलाउने भएको छ । बुधबार सम्पन्न स्थायी कमिटीको १२औं बैठकले असार १३ र १४ गते गर्ने केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि पार्टी पोलिटब्युरो बैठक असार १० र ११ गते बस्ने भएको छ ।

बुधबार सम्पन्न बैठकले पार्टी अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएर पारित भएको छ । छलफलमा २७ जना नेताहरुले आ–आफ्नो धारणा राखेको जनाइएको छ । छलफलपछि अध्यक्षले बैठकमा उठेका जिज्ञासाहरूको जवाफ दिँदै प्रतिवेदन पारित गर्न प्रस्ताव गरेको र सर्वसम्मतिले उक्त प्रतिवेदन पारित गरिएको छ । त्यसपछि बैठकले यसबीचमा पार्टी सचिवालयले गरेका विभिन्न राजनीतिक तथा सांगठनिक निर्णयहरूको अनुमोदन पनि गरेको बताइएको छ ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७९ असार १, २१: ३७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७९ असार १, २१: ३७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७९ असार १, २१: ३७

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...