
नयाँ विकल्प,
काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ५ बुँदे धारणा राखेका छन् । उनले चुनावमा गठबन्धन बनाएर जाँदा नै पार्टीले बढीभन्दा बढी सिट सुरक्षित गर्नसक्नेसहितका ५ बुँदे धारणा राखेका हुन् ।
यस्तै पौडेलले तत्कालीन केपी ओली सरकारले आफू मातहत राखेका सम्पत्ति शुद्धीकरणअनुसन्धान विभागलगायत अहिले पनि प्रधानमन्त्री मातहत नै रहेको भन्दै त्यसलाई तत्काल सच्याइनुपर्नेमा जोड दिए । जुन विषय त्यतिबेला काँग्रेसले उठायो अझै पनि नसच्याइएको पौडेलको भनाइ थियो ।
यस्तै पार्टीका विभागलाई पूर्णता दिनुपर्नेमा पनि पौडेलले जोड दिएका छन् । यस्तै भ्रातृसंस्थाका सन्दर्भमा प्लेन कमिटी बनाउने भन्ने बहसका बीच पौडेलले आफ्नो अडान राखेका छन् । उनले विधानले व्यवस्था गरेअनुसार पूर्ण कमिटी ल्याउनु पर्नेमा जोड दिएका छन् ।
सोमबारदेखि सुरु भएको बैठकमा हालसम्म ४८ नेताले बोलेका छन् । बैठक बुधबार दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...