प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक अघि बढ्यो – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक अघि बढ्यो

नयाँ विकल्प,

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असहमतिका बाबजुद प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक अगाडि बढेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न मागेको अनुमतिमा एमाले र नेमकिपाका गरी तीन जना सांसदहरुले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गरेपनि उक्त सूचना अस्वीकृत भएपछि विधेयक अघि बढाउन बाटो खुलेको हो ।
बैठकमा एमाले सांसद भीम रावल, शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । विरोधको सूचना दर्ता गर्नु पर्नाको कारण खुलाउँदै सांसद रावलले राज्य व्यवस्था समितिले तीन बर्ष छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा उक्त विधेयक फिर्ता लिएर अर्को नयाँ ल्याएर राज्य व्यवस्था समितिकै अवहेलना भएको जिकिर गरेका थिए ।
अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्मविपरीत भएको भन्दै असमान व्यवहारसहितको विधेयक आएको भन्दै असहमति जनाएका थिए । सभामुखले तीनै जना सांसदलाई विरोधको सूचना फिर्ता लिन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ असार २९, १३: २६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७९ असार २९, १३: २६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०७९ असार २९, १३: २६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...