
नयाँ विकल्प,
काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक विभिन्न १३ वटा निर्णय गर्दै सोमबार सकिएको छ । बैठकले भ्रातृ संगठनहरुको पूर्णतादेखि आगामी चुनावमा गठबन्धनभित्र तालमेलको गर्नेसम्मको निर्णय गरेको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए । त्यसका लागि गठबन्धनमा रहेका दलहरूसँग आवश्यक संवाद गरेर थप निष्कर्षमा पुग्ने उनको भनाइ छ ।
काँग्रेसले आगामी निर्वाचनमा गठबन्धनको बलमा बहुमत ल्याउने लक्ष्य लिएको छ। काँग्रेसले स्थानीय निर्वाचनमा भएको गठबन्धन सफल भएको पनि निष्कर्ष निकालेको छ। बैठकले गठबन्धन भएर प्राप्त भएको मतप्रति सन्तोष प्रकट गरेको प्रवक्ता महतले जानकारी दिए ।
यसैगरी काँग्रेसले अनुशासन समिति, लेखा समिति, सदस्यता व्यवस्थापन समिति गठन गरेको छ । महतले बैठकले निर्वाचन केन्द्रीय परिचालन प्रचार समितिको प्रतिवेदन अनुमोदन गर्दै महामन्त्री गगन थापा संयोजकत्वमा सदस्यता व्यवस्थापन कमिटी गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै काँग्रेसले आनन्द ढुंगानाको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको पनि जानकारी दिँदै श्याम घिमिरेको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समितिहरूको पार्टी सभापति देउवाले पूर्णता दिनेछन् ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...