
काठमाडौं । बजेटमा करको दर हेरफेरबारे छानबिन गर्न संसदीय विशेष समितिले सीसीटीभीको हार्डडिक्स रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ ।
थप अनुसन्धानका लागि समय मागेको समितिले त्यसको रिपोर्ट आउन १० दिन कुर्नु पर्ने जनाएको छ । एक सदस्यले भने, ‘कम्तीमा १० दिन समय मागेर भोलि पत्र पठाउँछौं, कति दिन थप हुन्छ थाहा छैन ।’
२२ असारमा संसदले १० दिनको समय दिएर ११ सदस्यीय विशेष समिति बनाएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेर समितिले बिहीबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएको छ ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...