
नयाँ विकल्प,
काठमाडौं – माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्रीमा जनार्दन शर्माकै हक लाग्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा भवन बानेश्वरमा पत्रकारहरूसँग कुराकानीमा गर्दै नेता पुनले संसदीय छानबिन समितिले निर्दोष ठहर गरेपछि अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प नखोजिएको बताए ।
छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्रीमा फर्कनुपर्ने आफ्नो धारणा रहेको बताए । उनले बरू आफु पुनस् मन्त्री बन्ने वा नबन्ने भन्ने कुरा शर्माले सार्वजनिक नगरेको बताए ।
यसबारे पार्टीमा पनि थप छलफल हुने नेता पुनको भनाई छ । बजेट निर्माणका क्रममा करको दरमा हेरफेर गरेको भन्ने प्रमुख प्रतिपक्षी दलको आरोप पछि छानबिनका लागि शर्माले राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले उनलाई निर्दोष सावित गरेको छ ।
खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...
रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...
काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...