माओवादी केन्द्र, एस, जसपा र राष्ट्रिय जनमोर्चालाई सहयात्रीका रुपमा लिएर जाने काँग्रेसको रणनीति – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

माओवादी केन्द्र, एस, जसपा र राष्ट्रिय जनमोर्चालाई सहयात्रीका रुपमा लिएर जाने काँग्रेसको रणनीति

नयाँ विकल्प,

काठमाडौं – प्रमुख राजनीतिक दलहरुभित्र आसन्न आम निर्वाचनको सम्भावित परिणामबारे हिसाब–किताब भइरहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा प्राप्त मतलाई आधार मानेर दलहरुले आगामी निर्वाचन परिणामको हिसाब–किताब हुन थालेको छ । स्थानीय निर्वाचनमा मत र पदमा पहिलो भएको काँग्रेस पार्टीगत नाफा–घाटा हेरेर रणनीति तय गर्न लागिपरेको छ ।

काँग्रेसले एकल बहुमत ल्याउने उद्देश्यका साथ गठबन्धनको नीति अख्तियार गरेको छ । सत्ता साझेदार दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चालाई आसन्न निर्वाचनमा पनि सहयात्रीका रुपमा लिएर जाने काँग्रेसको रणनीति छ ।

यता काँग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्व सहमहामन्त्री सुनिल थापा, परराष्ट्रमन्त्री नारायण खड्का एक्लाएक्लै लड्दा ‘रेडजोन’मा रहेका छन् ।

गृह जिल्ला डडेल्धुराबाट चुनाव लड्दै आएका प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा स्थानीय निर्वाचनको मतका आधारमा ८ हजार मतले अगाडि छन् ।

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १५, १५: ०६

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
  • २०७९ श्रावण १५, १५: ०६

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
  • २०७९ श्रावण १५, १५: ०६

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...