केन्द्रीय सदस्यले पार्टी परित्याग गरी डा. भट्टराईलाई दिए साथ – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

केन्द्रीय सदस्यले पार्टी परित्याग गरी डा. भट्टराईलाई दिए साथ

नयाँ विकल्प,

काठमाडौं – जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुमत केन्द्रीय सदस्यले पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईलाई साथ दिएका छन् ।

मधेशपछि जसपाको राम्रो आधार क्षेत्र भएको मानिएको लुम्बिनी प्रदेशका ५८ केन्द्रीय सदस्यमध्ये ३३ जना डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध भएका हुन् ।
लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकले जसपाबाट राजीनामा दिएर प्रदेश इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेपाल समाजवादी पार्टीमा आबद्ध हुने निर्णय गरेको केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागरले जानकारी दिए ।

जसपा परित्याग गर्नेहरुमा प्रदेशका सहइन्चार्ज मोहम्मद वकिल मुसलमान, सहइन्चार्ज चिनक कुर्मी, सहइन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरु गोविन्द चौधरी, विष्णुहरि शर्मा, प्रदेश समितिका मुख्य सचिव एवं केन्द्रीय सदस्य यज्ञप्रसाद पोखरेल, सुरेन्द्र पटेल, कर्णध्वज केसी रहेका छन् ।

यस्तै उर्मिला पाण्डे, देवेन्द्र पाण्डे, किस्मत बिक, अब्दुल रहमान, बिमल गिरी, विश्वदीप पाण्डे, तेजेन्द्र थापा, राजु नेपाली, छन्द पन्थी, अतिउल्ला मुसलमान, उमाशंकर यादव, घमानसिंह गुरुङ, जीतमान पुन, उपेन्द्रलाल कामी, हिक्मत बिक, वेदप्रकाश आचार्य, गजाधर सुनार, हरि रिजाल, नारायण खनाल, डा.मुक्ति रिजाल, सुनिता काफ्ले, पंकज राई, गोकर्ण थापा र वीरेन्द्र हरिजनले पनि डा. भट्टराईको पार्टीमा आवद्ध हुने गरी राजीनामा दिएको मुख्य सचिव यज्ञप्रसाद पोखरेलले जानकारी दिएका छन्

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण १५, १५: १८

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
  • २०७९ श्रावण १५, १५: १८

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
  • २०७९ श्रावण १५, १५: १८

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...