नेकपा एमालेले अघि सार्यो आफ्ना मुख्य ३ एजेन्डा – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेकपा एमालेले अघि सार्यो आफ्ना मुख्य ३ एजेन्डा

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मुख्यगरी तीन एजेण्डा अघि सार्ने भएको छ । राष्ट्रियता, संविधानको कार्यान्वयन र जनजीविकालाई पार्टीले प्रमुख चुनावी एजेण्डा बनाउने नेताहरुको भनाइ छ । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले राष्ट्रियताको जगेर्ना, संविधानको कार्यान्वयन र विकाससँगै जनताको सहज जनजीविकाको सवाललाई चुनावमा पार्टीले प्रमुखताका साथ उठाउने बताए ।

उनले संविधानको सही कार्यान्वयन भएमात्रै स्थायित्व हुने भएकाले त्यसको रक्षाका लागि एमाले प्रतिवद्ध र कटिबद्ध भएको कुरामा जनतालाई विश्वस्त बनाउने बताए । उनका अनुसार संविधान निर्माण गर्दा कतिपय जातीय पहिचानको कुरा गर्नेहरुलाई मन परेको छैन । हिन्दु राज्य हुनुपर्छ भन्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु र छिमेकी देश तथा युरोपियन युनियनलगायतलाई पनि मन नपरेको अवस्थामा एमालेले संविधानको सही कार्यान्वयन भएमात्रै स्थायित्व हुनेकुरा जनतालाई बुझाउने उनको भनाइ छ ।

पछिल्लो समय अदालत समेत संविधानको प्वाल अगाडि आएको भन्दै एमालेले त्यस्ता कुराको भण्डाफोर गर्ने उनले बताए । पोखरेलका अनुसार विकास निर्माण र जनजीविकाको सवाललाई एमालेले चुनावी एजेण्डाका रुपमा अघि सार्ने छ ।

‘एमाले हारे देश हार्ने’ बताएको एमालेले सोही अनुसार आफ्ना नेता कार्यकर्ता परिचालनदेखि उम्मेदवार छनोटसम्ममा विशेष ध्यान दिने अध्यक्ष केपी ओलीको भनाइ छ ।अध्यक्ष ओलीले मंसिरको चुनावलाई सामान्य चुनावका रुपमा नलिएर महासंग्रामको संज्ञा दिदै जित्नैपर्ने गरी अघि बढ्न देशभरका आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।

सम्बन्धित समाचार

सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
सरकारको रवैया शंकास्पद छ : माधव नेपाल
  • २०७९ श्रावण २०, २०: ५०

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको...

वामपन्थी एकता गर्नुको विकल्प छैन : झलनाथ खनाल
वामपन्थी एकता गर्नुको विकल्प छैन : झलनाथ खनाल
  • २०७९ श्रावण २०, २०: ५०

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले विगतका कमजोरी नदोहोरिनेगरी वामपन्थी एकता गर्नुको विकल्प नभएको बताएका छन् । जननेता मदन भण्डारीको हिरक...

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण २०, २०: ५०

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...